site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
आन्तरिक लगानी प्रवर्द्धनमा जोड दिन महासंघ अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकासका लागि आन्तरिक लगानी प्रवर्द्धनमा जोड दिन आग्रह गरेका छन् ।

कीर्तिपुरमा सोमबार आयोजित स्थानीय सरकारसँग साझेदारी साक्षात्कार कार्यक्रम एवं नवनिर्वाचित नगरप्रमुखको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले वैदेशिक लगानीका स्रोतहरू खुम्चिएको अवस्थामा तिनै तहका सरकारले आन्तरिक लगानी प्रवर्द्धनलाई जोड दिनुपर्ने बताए ।

“देशको समृद्धिका लागि पूर्वाधार विकास पहिलो प्राथमिकता हो । तर अहिले प्रत्यक्ष वैदेशिक लगानीका स्रोतहरू कम हुँदै गएका छन् । यो अवस्थामा आन्तरिक लगानी प्रवर्द्धन गर्नुको विकल्प छैन । यसको लागि तिनै तहको सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्नु पर्दछ,” उनले भने ।

स्थानीय सरकार र उद्योग वाणिज्य संघहरूले स्थानीयस्तरमा उपलब्ध स्रोतहरूलाई आधार बनाएर उद्यमहरू स्थापना गर्न प्रोत्साहन दिन सक्ने उल्लेख गरे । अध्यक्ष ढकालले व्यवसायमा दिगोपनका लागि स्थानीय स्रोत साधनको प्रयोगमा जोड दिन आग्रह गरे ।

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  २३:१३
प्रतिक्रिया दिनुहोस्