site stats
बाह्रखरी :: Baahrakhari
देश
चट्याङ लागेर गर्भवती घाइते 

काठमाडौं । मकवानपुरमा चट्याङ लागेर एक गर्भवती महिला घाइते भएकी छिन् । शनिबार ४ बजेतिर कैलाश गापा १० नामटार बागुनेमा चट्याङ पर्दा २१ वर्षीया सुनमाया वाइवा घाइते भएकी हुन् । 
 
गभर्वती अवस्थामा रहेकी उनलाई आफ्नै घरको पेटीमा घर सफा गरिरहेको बेला एक्कासि चट्याङ लागेको थियो । घाइते उनलाई उपचारका लागि हेटौँडा अस्पताल मकवानपुर लगिएको थियो । 

उनको ढाडको भित्री भागमा चोट लागेको छ । उनको थप उपचारका लागि पुरानो मेडिकल रिफर गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  ०८:००
प्रतिक्रिया दिनुहोस्