site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नबिल बैंकका पाँच भिसा कार्डवाहकले जिते 'भिसा कार्ड इन्टरनेसनल'बाट उपहार

काठमाडौं । भिसा कार्ड इन्टरनेसनलले २०८१ सालको दसैँलाई लक्षित गरी सञ्चालन गरेको ‘बेस्ट भिसा स्पेन्डर क्याम्पियन’मा नबिल बैंकका पाँच भिसा कार्डवाहक परेका छन् ।

भिसा कार्डमार्फत सबैभन्दा बढी खर्च गर्ने कार्डवाहकहरू शीर्ष २५ मा परेका हुन् । भाग्यशाली विजेताहरूले एक जोडीका लागि विदेश भ्रमणको दुईतर्फी टिकट प्राप्त गरेको भिसा कार्ड इन्टरनेसनलले बैंकलाई जनाएको छ ।

बैंकले एक कार्यक्रमको आयोजना गरी पाँच विजेतालाई सम्मान तथा उपहार वितरण गरेको थियो । कार्यक्रममा बैंकका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य, वरिष्ठ डेपुटी सीईओ मनोजकुमार ज्ञवाली, डेपुटी सीईओ भुपेन्द्र पाण्डे, रिटेल कारोबार प्रमुख निरज शर्माका साथ भिसा कार्ड प्रतिनिधि आशिष चक्रवर्ती लगायतको उपस्थिति थियो ।

नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकहरूमध्ये एक हो । बैंकले २४ लाखभन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३२० एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकले ४० वर्षदेखि नेपाली बैंकिङ क्षेत्रमा नवीनतम् सेवाहरूको सुरुआत गर्दै महत्त्वपूर्ण भूमिका खेलेको छ । बैंकले नेपालको बैंकिङ विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । बैंकले आधुनिक बैंकिङ युगको सुरुआत गर्दै ग्राहकहरूलाई गुणस्तरीय सेवा प्रदान गर्नेतर्फ आफ्नो व्यवसाय केन्द्रित गर्दै आएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  १७:०३
प्रतिक्रिया दिनुहोस्