site stats
बाह्रखरी :: Baahrakhari
कला
‘सक्किगोनि’को तेस्रो सिजन बन्द, के भन्छन् अर्जुन घिमिरे ?

काठमाडौं । हास्य टेलिसिरियल ‘सक्किगोनि’को तेस्रो सिजन बन्द भएको छ । ९३ श्रृंखला उत्पादन भएको ‘सक्किगोनि’को तेस्रो सिजन सकिएको हो ।  

परिस्कृत सिर्जनाको तयारीका लागि तत्काललाई विश्राम लिएको निर्माणपक्षले जनाएको छ । चौथो सिजनमा चाँडै भेट हुने निर्माणपक्षले बताएको छ । 

“तेस्रो सिजनबाट प्राप्त गरेको ज्ञान, सिप र अनुभवलाई विवेकसम्मत प्रयोग गरेर थप उत्कृष्टताका साथ हामी चाँडै नै चौथो सिजन लिएर आउनेछौँ,” सक्किगोनिका कलाकार अर्जुन घिमिरे (पाँडे) लेख्छन् । 

उनले चौथो सिजनका लागि सुझाव पनि माग गरेका छन् । रचनात्मक एवं सिर्जनात्मक सुझावको उनले अपेक्षा गरेको बताएका छन् ।
 

प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  १३:३६
प्रतिक्रिया दिनुहोस्