site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पाँच रुपैयाँ घटेर कारोबार भइरहेको छ । चाँदी दुई हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार चाँदी प्रतितोला दुई हजार ४५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  ११:२९
प्रतिक्रिया दिनुहोस्