site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
विशाल बजारको साधारणसभा स्थगित

काठमाडौं । विशाल बजार कम्पनीको वार्षिक साधारणसभा स्थगित भएको छ । कम्पनीले आर्थिक वर्ष २०७०/७१ देखि २०७५/७६ सम्मको वार्षिक साधारणसभा सम्पन्न गर्ने सूचना जारी गरेको थियो ।

कम्पनीले फागुन २८ गते साधारणसभा सम्पन्न गर्ने सूचना जारी गरेको थियो । तर, उच्च अदालत पाटनका न्यायाधीशद्वय टंकप्रसाद गुरूङ र ऋषि राजभण्डारीको संयुक्त इजलासले साधारणसभा नगर्न मंगलबार आदेश दिएको हो ।

सेयरधनी सुनिल कुमार शाक्यले साधारणसभा नगरी यथास्थितिमा राखी पाऊँ भनी निवेदन दिएका थिए । 

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १९:३९
प्रतिक्रिया दिनुहोस्