site stats
बाह्रखरी :: Baahrakhari
देश
महानगरले राप्रपालाई लगायो एक लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख जरिवाना गरेको छ ।

आज आइतबार सो पार्टीले आयोजना गरेको पूर्वराजाको स्वागत कार्यक्रमका क्रममा सडकपेटीमा रहेका रेलिङ तथा आइल्यान्डमा रहेका बिरुवामा क्षति पुगेको भन्दै महानगरले जरिवाना गरेको हो । 

‘‘प्रस्तुत विषयमा मिति २०८१ फागुन २५ गते ताहाँ पार्टी कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरुबाट एयरपोर्ट, तिलगंगा गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आइल्यान्ड र सोमा रहेका बिरुवाहरू साथै रेलिङमा भौतिक क्षति र जथाभावी रूपमा फोहोरमैला समेत गरी वातावरण प्रदूषण गरेकोले तपाईंलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु १००,०००।०० (अक्षरुपी एक लाख जरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गरिन्छ,’’ काठमाडौं महानगरपालिकाका नगर प्रहरी निरीक्षक लीलाराज गाछा मगरद्वारा प्रेषित पत्रमा भनिएको छ ।
 
उक्त पत्रको बोधार्थ निर्वाचन आयोग नेपाल, कान्तिपथ, काठमाडौं र प्रशासन विभाग, काठमाडौं महानगरपालिकालाई पनि दिइएको छ । 

यसअघि सत्तारुढ दल नेकपा एमालेको दरबारमार्गमा भएको कार्यक्रमका क्रममा पनि फोहोर भएको भन्दै महानगरले उक्त दललाई एक लाख जरिवाना गरेको थियो ।  

482627424_1692519721616173_2310452687025635230_n-1741533775.jpg
 

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  २१:११
प्रतिक्रिया दिनुहोस्