site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पोखराबाट उडे पूर्वराजा ज्ञानेन्द्र
फाइल तस्बिर ।

पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार (फागुन २५) दिउँसो कास्कीको पोखराबाट काठमाडौंतर्फ प्रस्थान गरेका छन् । समिट एयरको ९एन–एकेजेड कलसाइन चार्टर्ड उडानमार्फत उनी काठमाडौं गएका हुन् ।

पोखरा–काठमाडौं हवाई रुटको उडान समय करिब २५ मिनेट हो । काठमाडौं फर्कंदा शाहको भव्य स्वागतको तयारी गरिएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १५:३३
प्रतिक्रिया दिनुहोस्