site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य १०० रुपैयाँ बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन एक लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार सुन प्रतितोला एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पाँच रुपैयाँ घटेर एक हजार ९८५ रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँमा कारोबार भएको थियो । 

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  ११:३०
प्रतिक्रिया दिनुहोस्