site stats
बाह्रखरी :: Baahrakhari
देश
सुतिरहेको अवस्थामा टिपरले ठक्कर दिँदा काठमाडौंमा तीनजनाको मृत्यु

काठमाडौं । सवारीसाधनको ठक्करबाट काठमाडौंमा तीनजनाको मृत्यु भएको छ । घरमा सुतिरहेको अवस्थामा टिपरले ठक्कर दिँदा तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

२१ वर्षका आकाश र सुमन तथा ४५ वर्षका हरिजनको मृत्यु भएको प्रहरी प्रभाग साँखुले जनाएको छ । 

शुक्रबार (फागुन २३) बिहान करिब पौने ४ बजे शंखरापुर नगरपालिका–६, साँखु सलम्बुटारस्थित साँखु–ब्रह्मखेल सडकखण्डमा बा२क ६५८० नम्बरको टिपर अनियन्त्रित भई सडकछेउको टहरोमा ठक्कर दिँँदा सुतिरहेका तीनजना घाइते भएका थिए । 

नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । 

द्वन्द्वपीडित तथा अपांग समाज संस्थाले बनाएको जस्ताको टहरामा टिपरले ठक्कर दिँदा उक्त हताहत भएको हो ।  

६१ जना बस्ने गरेको टहरामा टिपरले ठक्कर दिएको कोठामा १० जना सुतिरहेका थिए । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  ०७:२९
प्रतिक्रिया दिनुहोस्