site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
निजीकरण (पहिलो संशोधन) अध्यादेश स्वीकृत

काठमाडौं । निजीकरण (पहिलो संशोधन), २०८१ अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएको छ । बुधबारको बैठकले अध्यादेश स्वीकृत गरेको हो ।

सांसदहरूले राखेको अध्यादेश अस्वीकारको सूचना अस्वीकृत भएपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेश स्वीकृतको प्रस्ताव राखेका थिए । निजीकरण ऐन, २०५० लाई संशोधन गर्न बनेको अध्यादेश बहुमतले स्वीकृत गरेको हो ।

अध्यादेश माघ १८ गते संसद्मा पेस भएको थियो । अर्थमन्त्री पौडेलले अध्यादेश सार्वजनिक संस्थानको लगानीको प्रभावकारी बनाउन ल्याइएको बताए ।

“सार्वजनिक संस्थानमा राज्यको लगानी छ । त्यसको प्रभावकारी व्यवस्थापन गर्ने र ती संस्थानबाट अधिकतम प्रतिफल प्राप्त गर्ने उदेश्यका साथ यो अध्यादेश आएको हो,” पौडेलले भने ।

 

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  १६:४२
प्रतिक्रिया दिनुहोस्