site stats
बाह्रखरी :: Baahrakhari
विदेश
युरोपेली देशका नेताहरूसँग भेटेपछि जेलेन्स्कीले अमेरिकाबारे के भने ? 

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेटेपछि युरोपबाट स्पष्ट समर्थन प्राप्त भएको बताएका छन् ।

जेलेन्स्कीले सामाजिक सञ्जालमा उनलाई युरोपबाट केही बढी ऐक्यबद्धता र सहयोग गर्ने इच्छासहित समर्थन मिलिरहेको बताएका छन् ।
 
“वास्तविक सुरक्षा प्राप्त गर्ने आवश्यकतामा सबैजना एकजुट छन्,” उनले लेखेका छन्, “हामीलाई वास्तविक सुरक्षा ग्यारेन्टी चाहिन्छ । यो सम्पूर्ण युरोपको माग हो ।”

अमेरिकाको महत्व बुझ्ने भन्दै उनले प्राप्त सबै सहयोगका लागि आभारी रहेको बताएका छन् । उनले हरदिन सहयोगका लागि आभार प्रकट गरेको पनि स्मरण गरेका छन् । 

आइतबार युक्रेन युद्धको सन्दर्भमा लन्डनमा युरोपेली देशका नेताहरूको बैठक बसेको थियो, जसमा युक्रेनी राष्ट्रपति जेलेन्स्की पनि उपस्थित थिए ।

बीबीसीको प्रश्नको जवाफमा जेलेन्स्कीले भने, “म अझै पनि अमेरिकासँग खनिज सम्झौता गर्न तयार छु, तर युक्रेनको अवस्था  सुन्नुपर्ने हाम्रो सर्त छ ।”

जेलेन्स्कीले खनिज सम्झौताको बदलामा अमेरिकाबाट युक्रेनको सुरक्षाको सुनिश्चितता चाहेका छन् । 

शुक्रबार अमेरिकी राष्ट्रपति भवनमा जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच चर्को बहस भएको थियो । उक्त बहसमा अमेरिकी उपराष्ट्रपति पनि जेलेन्स्कीमाथि अनपेक्षित रूपमा प्रस्तुत भएका थिए । 

यो बहसपछि धेरै युरोपेली देशले युक्रेनलाई खुलेरसमर्थन गरेका छन् । बीबीसी 

प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  ०८:४५
प्रतिक्रिया दिनुहोस्