site stats
बाह्रखरी :: Baahrakhari
कला
‘परशु–कल्पना स्रष्टा सम्मान’को घोषणा : पहिलोपटक सापकोटा र रसिकलाई

काठमाडौं । नेपाल स्रष्टा समाज, केन्द्रीय समितिको मातहत रहने गरी विशिष्ट आख्यानकार परशु प्रधानको स्मृतिमा स्थापित ‘परशु–कल्पना स्रष्टा सम्मान’ २०८१का लागि पहिलोपटक आख्यानकारहरू ध्रुव सापकोटा तथा गणेश रसिकलाई संयुक्त रूपमा प्रदान गरिने घोषणा भएको छ ।

समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनद्वारा प्रेषित विज्ञप्तिअनुसार दुवै सम्मानका साथ नगद राशि जनही ५० हजार १०१ रुपैयाँ प्रदान गरिनेछ ।

नेपाली साहित्यको आख्यान क्षेत्रमा विगत पाँच दशकभन्दा बढी समयदेखि योगदान दिएबापत सापकोटा र रसिकलाई सम्मानित गरिएको विज्ञप्तिमा उल्लेख छ ।

साहित्यकार पवन आलोकको संयोजकत्वमा गठित समितिले गरेको सम्मान सिफारिस समाजको कार्यसमिति बैठकले निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ । 

उक्त सम्मान आउँदो चैत ५ गते प्रदान गरिने समाजले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  ०८:२३
प्रतिक्रिया दिनुहोस्