site stats
बाह्रखरी :: Baahrakhari
देश
तीनवटा प्रदेशमा वर्षा हुँदा आज काठमाडौंमा पानी पर्छ ? 
फाइल तस्बिर ।

काठमाडौं । देशका केही भूभागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना रहेको हो । 

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान लुम्विनी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहेको छ । तराईका केही स्थानमा हल्का हुस्सु लागेको छ ।

मौसमविद् हरिप्रसाद दाहालका अनुसार कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

“काठमाडौंमा आज वर्षाको सम्भावना छैन । दिनभर मौसम बदली हुनेछ,” मौसमविद् दाहालले बाह्रखरीसँग भने, “तर, वर्षा भने हुने छैन ।” 

प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  ०७:१६
प्रतिक्रिया दिनुहोस्