site stats
बाह्रखरी :: Baahrakhari
देश
एक वर्षमा ७३ बालबालिकाको उद्धार

काठमाडौं । काठमाडौं महानगरपालिकाले एक वर्षमा ७३ बालबालिकाको उद्धार गरेको छ । गत र चालु आर्थिक वर्षको हालसम्म गरी ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ ।

उद्धार गरिएका मध्ये ४१ बालक र ३२ बालिका छन् । तीमध्ये ३८ बालबालिकालाई सुधारगृहमा पठाइएको छ ।

३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको महानगर बालअधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १३:२८
प्रतिक्रिया दिनुहोस्