site stats
बाह्रखरी :: Baahrakhari
देश
कोसी र गण्डकीमा हिमपातको सम्भावना 
फाइल तस्बिर ।

काठमाडौं । देशका केही भूभागमा आज बदली र हिमपातको सम्भावना छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम मूख्यतया सफा छ । तराईका थोरै स्थानमा हुस्सु लागेको छ ।

विभागले दिउँसो कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताएको छ । 

हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
 

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  ०६:४१
प्रतिक्रिया दिनुहोस्