site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा आज

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा आज सार्वजनिक गर्ने तयारी गरेको छ । 

“मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा मंगलबार सार्वजनिक गर्ने तयारी छ । सम्भवतः सञ्चालक समितिको बैठक मंगलबार बिहान बस्छ,” स्रोतले भन्यो, “राष्ट्र बैंक व्यवस्थापन समितिको बैठक सकियो । अब सञ्चालक समितिको बैठकले पारित गर्छ ।”

गभर्नर महाप्रसाद अधिकारीको कार्यकालको अन्तिम मौद्रिक नीति समीक्षा भएकाले केही खुकुलो आउने अपेक्षा गरिएको छ । 

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  ०५:४५
प्रतिक्रिया दिनुहोस्