site stats
बाह्रखरी :: Baahrakhari
देश
मौसमविद्लाई प्रश्न– पूर्वी नेपालमा भारी वर्षा भएको हो ? 
फाइल तस्बिर ।

काठमाडौं । पछिल्लो २४ घण्टामा पूर्वी नेपालका केही स्थानमा वर्षा भएको छ । कोसी र मधेस प्रदेशका केही स्थानमा हल्का वर्षा भएको हो । 

सबैभन्दा धेरै वर्षा सप्तरीमा भएको छ । “पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा सप्तरीमा ३६ मिलिमिटर भएको छ,” मौसमविद् सञ्जीव अधिकारीले भने, “मोरङको बाहुनीमा ८ मिलिमिटर वर्षा भएको छ ।” 

यसबाहेक पूर्वी नेपालका केही स्थानमा १० मिलिमिटरसम्म वर्षा भएको उनले जानकारी दिए ।  

“सामान्य प्रणालीको प्रभावले वर्षा भएको हो । ठूलो वर्षा भएको छैन र तत्काल हुने पनि देखिँदैन,” उनले प्रष्ट पारे, “अहिले कतै पनि वर्षा भएको छैन ।” 

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना भने रहेको उनको भनाइ छ । 

जल तथा मौसम विज्ञान विभागको वेबसाइटमा केही समस्या देखिएको उनले प्रष्ट पारे । “वेबसाइटमा केही इरर देखिएको छ । बनाउने प्रयास भइरहेको छ,” उनले भने । 

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  ०८:५२
प्रतिक्रिया दिनुहोस्