site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य सामान्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा आइतबार (फागुन ११) सुनको मूल्य सामान्य बढेको छ । सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ७० हजार ३०० रुपैयाँ कायम छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख ७० हजार रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घढेको छ । चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १०:४७
प्रतिक्रिया दिनुहोस्