site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य १२ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य १२ सय रुपैयाँ बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । 
आइतबार सुन प्रतितोला एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य १५ रुपैयाँ बढेर कारोबार भएको छ । चाँदी एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ९५५ रुपैयाँमा कारोबार भएको थियो । 

प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  १०:४४
प्रतिक्रिया दिनुहोस्