site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
साढे नौ अर्बको सेयर कारोबार, चार कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक १९.५६ अंकले बढेर २६९८.०३ विन्दुमा बन्द भएको छ । आज नौ अर्ब ४७ करोड तीन लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

बिहीबारको तुलनामा कारोबार रकम साढे एक अर्बले बढेको छ । बिहीबार सात अर्ब ९२ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

१७६ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । ६३ कम्पनीको सेयर मूल्य घटेको छ । चार कम्नपीको सेयर मूल्य स्थिर छ ।

यसदिन चार कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । १० प्रतिशतले सेयर मूल्य वृद्धि हुनेमा विन नेपाल लघुवित्त, गुराँस लघुवित्त वित्तीय संस्था, नेपाल फाइनान्स र जानकी फाइनान्स छन् ।

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये निर्जीवन बिमा समूह र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक वृद्धि भएको छ । यो समूहको परिसूचक ४.९४ प्रतिशतले वृद्धि भएको हो । 
 

प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  १५:१९
प्रतिक्रिया दिनुहोस्