site stats
बाह्रखरी :: Baahrakhari
विदेश
रूस–युक्रेन युद्ध : जेलेन्स्कीले पुटिनलाई भेट्न राखे सर्त

नयाँदिल्ली । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूस–युक्रेन युद्ध अन्त्य गर्न बनाइएको योजनाप्रति प्रतिक्रिया व्यक्त गरेका छन् ।

जेलेन्स्कीले अमेरिका र युरोपेली नेताहरूसँग संयुक्त योजनामा ​​सहमति भएपछि मात्र शान्ति वार्ताका लागि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्ने बताएका छन् ।

यसअघि उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्ता शान्ति योजना बनाउन पर्याप्त नभएको बताएका थिए ।

जेलेन्स्कीले युक्रेन नेटोमा रहन चाहेको र रूसले कब्जा गरेको भूभागलाई मान्यता नदिने बताएका थिए ।

वास्तवमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो युद्ध अन्त्य गर्न पहल सुरु गरेको दाबी गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  २३:५१
प्रतिक्रिया दिनुहोस्