site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य तोलामा २३ सय रुपैयाँ बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा दुई हजार ३०० रुपैयाँ बढेको छ । बुधबार (हिजो) दुई हजार ७०० रुपैयाँले घटेको सुन आज दुई हजार ३०० रुपैयाँले बढेको हो ।

आज सुन प्रतितोला एक लाख ६९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदी तोलामा ३५ रुपैयाँ बढेको छ । यसदिन चाँदी प्रतितोला एक हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  ११:००
प्रतिक्रिया दिनुहोस्