site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
ग्लोबल आइएमई र लक्ष्मी सन्‌राइज बैंकको ब्याजदर परिवर्तन 

 काठमाडौं । वाणिज्य बैंकहरूले फागुनका लागि नयाँ ब्याजदर निर्धारण गरेका छन् । फागुनमा अधिकांश बैंकले ब्याजदर स्थिर राखेका छन् ।

२० वटा वाणिज्य बैंकमध्ये ग्लोबल आइएमई बैंक र लक्ष्मी सन्‌राइज बैंकले भने ब्याजदर परिवर्तन गरेका छन् । ग्लोबल आइएमई बैंकले ०.२५ प्रतिशत विन्दुले ब्याजदर बढाएको छ । लक्ष्मी सन्‌राइज बैंकले भने ०.२५ प्रतिशत विन्दुले ब्याजदर घटाएको छ ।

अरू १८ वाणिज्य बैंकले भने ब्याजदर स्थिर राखेका छन् । बैंकहरूमा तरलता सहज भएकाले बैंकहरूले ब्याजदर बढाएनन् । 
Phagun--1739345587.png
 

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  १३:१८
प्रतिक्रिया दिनुहोस्