site stats
बाह्रखरी :: Baahrakhari
कला
‘परालको आगो’मा जितु नेपाल 

काठमाडौं । चलचित्र ‘परालको आगो’मा कलाकार जितु नेपाल अनुबन्धित भएका छन् । निर्माता सुशील पोखरेलले जितुलाई चलचित्रमा अनुबन्ध गरेका हुन् । 

कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’मा आधारित रहेर निर्माण हुने यो चलचित्रमा जितु प्रमुख दुई पात्रमध्ये एक हुन् । अभिनेत्रीमा सुहाना थापा फाइनल भइसकेकी छन् ।

चलचित्रमा संकल्प भुजेलको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, सत्य–स्वरुपराज आचार्यको संगीत रहनेछ । 

‘परालको आगो’ २०८२ मा प्रदर्शन हुनेछ । यो नाममा ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले चलचित्र निर्माण गरेका थिए ।
 

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  ११:४४
प्रतिक्रिया दिनुहोस्