site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । मंगलबार एक लाख ७० हजार २०० रुपैयाँ प्रतितोलामा सुनको कारोबार भएको थियो ।

बुधबार दुई हजार ७०० रुपैयाँले घटेर प्रतितोला एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको छ । मंगलबार एक हजार ९४५ रुपैयाँ प्रतितोला रहेको चाँदी बुधबार प्रतितोला एक हजार ९३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  १०:५०
प्रतिक्रिया दिनुहोस्