site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौं महानगरले यी सडकलाई बनाउँदै छ ‘वान वे’

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरको वडा नं ५ अन्तर्गत हाँडीगाउँका केही सडकलाई एकतर्फी (वान वे) बनाउने भएको छ । 

यातायात आवागमन व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र सहज बनाउन भन्दै महानगरले सवारीसाधन एकतर्फी सञ्चालन गर्न लागेको हो । 

महानगरपालिकाको भवन व्यवस्था समितिको ०८१ पुस ५ गतेको निर्णयानुसार ०८१ फागुन ७ गतेबाट लागू हुने गरी ती सडक एकतर्फी सञ्चालन गर्न लागेको सहरी व्यवस्थापन विभागले जनाएको छ । 

एकतर्फी हुँदै छन्  यी सडक

१. काठमाडौं महानगरपालिका वडा नं. ५ अन्तर्गत थटु मार्गबाट वडा कार्यालय भीमसेन मार्ग, हात्ती महांकाल मार्ग–हाडीगाउँ मार्गतर्फ मात्र प्रवेश गर्न पाउने ।

२. विशालनगरतर्फबाट आउने सवारीसाधनलाई भीमसेन मार्ग हुँदै वडा नं.५ कार्यालयतर्फ जान प्रवेश निषेध गरी हात्ती महांकाल तर्फमात्र प्रवेश गर्न पाउने ।

३. हाँडीगाउँ हुँदै ढुंगेधारातर्फ सोझो प्रवेश निषेध गरी सवारी साधनलाई थटु मार्गतर्फबाट पठाउने । 

४. नक्साल भाटभटेनीतर्फबाट आउने सवारीसाधनहरू वडा नं ५ को कार्यालयबाट थटु मार्गतर्फ प्रवेश निषेध गरी भीमसेन मार्गतर्फ मात्र जान पाउने ।

५. ढुंगेधाराबाट हात्ती महांकालतर्फ प्रवेश निषेध ।

६. वडा नं. ५ कार्यालयको दक्षिणतर्फबाट गहना पोखरीतर्फ प्रवेश निषेध ।

७. बाल मन्दिर तर्फबाट टंगाल जाने कैलाश मार्गमा बालमन्दिर तर्फबाट मात्र प्रवेश गर्न पाउने र टंगालबाट प्रवेश निषेध ।

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  २२:१५
प्रतिक्रिया दिनुहोस्