site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सामाजिक सञ्जालसम्बन्धी विधेयक नियन्त्रण र बन्द गर्न ल्याइएको होइन : सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालसम्बन्धी विधेयक नियन्त्रण र बन्द गर्न नभइ नियमन गर्न ल्याइएको बताएका छन् ।

संसद् भवन परिसरमा सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले विधेयकमा कतै बन्द गर्ने भनेर लेखिएको छ र ? भन्दै प्रश्न गरे । विधेयकमा नियमन गर्नेकुरा लेखिएको बताए ।

उनले भने, "सामाजिक सञ्जालसम्बन्धी विधेयकमा बन्द गर्ने कुरा गरिएको छैन । नियमन गर्नेकुरा गरिएको छ । नियमन गर्न विधेयक ल्याएको हो । बन्द गर्न, नियन्त्रण गर्न ल्याइएको होइन । संसद्‌बाट पास हुन्छ ।"

विधेयक संसद्‌बाट पारित हुने भएकाले निर्णय संसद्ले नै गर्ने बताए ।

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  २२:१५
प्रतिक्रिया दिनुहोस्