site stats
बाह्रखरी :: Baahrakhari
देश
छविलाल जोशीलाई थुनामा पठाउन रूपन्देही जिल्ला अदालतको आदेश

काठमाडौं । रूपन्देही जिल्ला अदालतले पूर्वडीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।

सोमबार अदालतका न्यायाधीश वशिष्टकुमार घिमिरेको एकल इजलासले जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए ।

बुटवलको सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा जोशीलाई थुनामा पठाउने आदेश भएको हो ।

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  १९:१५
प्रतिक्रिया दिनुहोस्