site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
नेपाली कलासाहित्य डटकमबाट ६ सर्जक पुरस्कृत

काठमाडौं । नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले विशेष कार्यक्रमको आयोजना गर्दै ६ सर्जकलाई सम्मानित एवम् पुरस्कृत गरेको छ ।

आइतबार पर्यटन बोर्डमा आयोजित कार्यक्रममा प्रतिष्ठानले संस्कृतिविद् प्रा.डा. वीणा पौड्याललाई ‘राष्ट्रिय कलाश्री सम्मान २०८१’बाट सम्मानित गरेको छ ।

Argakhachi Cement Island Ad

त्यस्तै ‘राष्ट्रिय कलाश्री पुरस्कार २०८१’ नगद राशि एक लाखसहित कवि विश्वविमोहन श्रेष्ठलाई प्रदान गरेको छ ।

प्रतिष्ठानले ‘स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार २०८१’ नगद राशि ७५ हजारसहित कवि चन्द्र गुरुङलाई, ‘थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार २०८१’ नगद राशि ६० हजारसहित कलाकार सुनिल सिग्देललाई, बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार २०८१’ नगद राशि ५० हजारसहित पत्रकार वसन्त बस्नेतलाई र पद्मनेत्र राष्ट्रिय कलाश्री संगीत पुरस्कार २०८१’ नगद राशि ५० हजारसहित गायक कमलीकान्त भेटवाललाई प्रदान गर्‍यो ।

समारोहका प्रमुख अतिथि कविवर तुलसी दिवसले सम्मानित तथा पुरस्कृतहरूलाई सम्मान र पुरस्कार प्रदान गरे ।

कार्यक्रममा सम्मानित व्यक्तित्व प्रा.डा. पौड्याल एवम् पुरस्कृत कविहरू श्रेष्ठ र गुरुङले सम्मान तथा पुरस्कारले आफूहरूलाई थप काम गर्न उर्जा मिलेको बताए ।

सर्जकहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि दिवस, प्रतिष्ठानकी अध्यक्ष कवि निबन्धकार मोमिला, डा. विमल कोइराला र राजेश्वर कार्कीले बोले ।

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  २२:०९
प्रतिक्रिया दिनुहोस्