site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा १०० रुपैयाँ घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य प्रतितोला एक लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार सुन प्रतितोला एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य २५ रुपैयाँ घटेर कारोबार भएको छ । महासंघका अनुसार, आज चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँ कारोबार भइरहेको छ ।

गत शुक्रबार चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो ।  

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  ११:१७
प्रतिक्रिया दिनुहोस्