site stats
बाह्रखरी :: Baahrakhari
कला
मधेसमा पटकथा लेखन तालिमका लागि बोर्डले माग्यो आवेदन

काठमाडौं । चलचित्र विकास बोर्डले फागुन १३ देखि १५ गतेसम्म मधेसमा पटकथा लेखन तालिम सञ्चालन गर्ने भएको छ ।
 
मधेस प्रदेशको राजधानी जनकपुरमा सञ्चालन हुने सो तालिममा १८ देखि ४० वर्ष उमेर समूहका २० जना युवाको सहभागिता रहनेछ । 

समावेशी सिद्धान्तका आधारमा मधेस प्रदेशका आठ जिल्लाबाट  प्रशिक्षार्थीको छनोटका लागि बोर्डले बिहीबार सात दिनको म्याद दिई आवेदन आह्वान गरेको छ । 

युवा चलचित्रकर्मीलाई पटकथा लेखन सम्बन्धी सैद्धान्तिक एवं व्यवहारिक ज्ञान सीप प्रदान गरी मधेसको मौलिक एवं यथार्थपरक कथा उजार गर्न यो तालिम सञ्चालन गर्न लागिएको बोर्ड सदस्य एवं प्रवक्ता केएल बुढाथोकीले जानकारी दिए ।
   
मधेसका चलचित्रकर्मलाई मूलधारसँग जोड्ने, मातृभाषा चलचित्रको प्रवर्द्धन तथा मधेसका चलचित्रकर्मीको दक्षता अभिवृद्धि गर्न बोर्डले मधेसमा चलचित्र सम्बन्धी विशेष अभियान सञ्चालन गर्ने तयारी गरेको प्रेस नोटमा उल्लेख छ । 
 

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  १०:३१
प्रतिक्रिया दिनुहोस्