site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
भ्यालेन्टाइनका लागि इसेवा मनी ट्रान्सफरको सातदिने नयाँ अफर

काठमाडौं । रेमिटेन्स सेवा प्रदायक इसेवा मनी ट्रान्सफरले विशेष ‘क्यासफुल भ्यालेन्टाइन’ अभियान सार्वजनिक गरेको छ ।

यो भ्यालेन्टाइन सप्ताहमा विदेशमा रहेका नेपालीहरूले इसेवा वालेटमा रेमिटेन्स पठाएर आकर्षक नगद पुरस्कार जित्ने अवसर पाउनेछन् ।

फेब्रुअरी ७ देखि फेब्रुअरी १४ सम्म सञ्चालन हुने यो अभियानमा भाग्यशाली विजेताले आकर्षक नगद पुरस्कार जित्ने अवसर पाउनेछन् ।

जसअन्तर्गत दैनिक पुरस्कार १५ हजार रुपैयाँ रहेको छ । रोज डे (फेब्रुअरी ७) देखि किस डे (फेब्रुअरी १३)सम्म हरेक दिन एकजना विजेताले उक्त पुरस्कार पाउनेछन् ।

बम्पर पुरस्कारको रूपमा फेब्रुअरी १४ (भ्यालेन्टाइन डे)को विशेष अवसरमा ३० हजार रुपैयाँ पाउने कम्पनीले जनाएको छ । 

भ्यालेन्टाइन डे भनेको माया व्यक्त गर्ने अवसर भएकाले यस अभियानमार्फत, विदेशमा रहेका नेपालीहरूले नेपालमा रहेका आफ्ना प्रियजनहरूसँग माया बाँड्ने एक अनमोल अवसर भएकाले यो अफर ल्याइएको इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले बताए ।
 
इसेवा मनी ट्रान्सफरले परम्परागत शैली र डिजिटल माध्यमबाट इसेवा वालेट, बैंक तथा वित्तीय संस्थाहरू र आफ्ना भुक्तानी केन्द्रहरूमार्फत पनि विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । 

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  १८:२७
प्रतिक्रिया दिनुहोस्