site stats
बाह्रखरी :: Baahrakhari
खेल
एन्फा वरिष्ठ उपाध्यक्षमाथि कारबाही माग गर्दै १० क्लबको निवेदन

काठमाडौं । नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कामाथि कारबाही हुनुपर्ने माग गर्दै १० वटा क्लबले निवेदन दिएका छन् ।

एन्फाले सञ्चालन गरेको सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा म्याच फिक्सिङ भएकोबारे उपाध्यक्ष खड्काले सार्वजनिक रूपमा अभिव्यक्ति दिएको भन्दै ‘सी’ डिभिजन लिग खेल्ने क्लबका १० जना अध्यक्षले निवेदन दिएका हुन् ।

Argakhachi Cement Island Ad

खड्काको अभिव्यक्तिपछि एएफसी र फिफाले समेत म्याच फिक्सिङबारे चासो राखेको थियो ।

क्बल सञ्चालकहरूले एन्फालाई बुझाएको पत्रमा भनिएको छ, ‘‘उपाध्यक्ष खड्काको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको छ । यसप्रतिको अभिव्यक्तिले हामी ‘सी’ डिभिजन खेल्ने क्लबहरूको गरिमामा असर परेको छ ।’’

सी डिभिजन लिग गएको जेठमा सम्पन्न भएको थियो । सी डिभिजन लिगमा खेल्ने १४ क्लब छन् । जसको उपाधि सर्लाहीको बागमती क्लबले जितेको थियो । 

 

475481832_1177904437304287_1617957434950722493_n-1738842447.jpg

476126710_1521944065146849_5127985510748352957_n-1738842447.jpg

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  १७:३३
प्रतिक्रिया दिनुहोस्