site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
तीन दिनदेखि सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

काठमाडौं । लगातार तीन दिनदेखि नेपाली बजारमा सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुन गत शुक्रबारदेखि स्थिर छ ।

गत शुक्रबार प्रतितोला एक लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यसयताका दिनमा सोही मूल्यमा कारोबार भइरहेको छ ।

आज पनि छापावाल सुन प्रतितोला एक लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने १५ रुपैयाँ घटेर एक हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला एक हजार ९१० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  ११:५८
प्रतिक्रिया दिनुहोस्