site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सरकारसँग २३ खर्ब विदेशी विनिमय सञ्चिति, १४ महिनाको आयात धान्ने

काठमाडौं । नेपाल सरकारसँग हाल २३ खर्ब १६ अर्ब ८४ करोड रुपैयाँ विदेशी विनिमय सञ्चिति छ ।

गत असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रहेको सञ्चिति १३.५ प्रतिशतले बढेको हो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा २० खर्ब ७२ अर्ब ३४ करोड रुपैयाँ छ ।

राष्ट्र बैंकबाहेक बैंक तथा वित्तीय संस्थासँग दुई खर्ब ४४ अर्ब ५० करोड रुपैयाँ छ ।

कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत रहेको छ ।

यो विनिमय सञ्चितीले १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्ने राष्ट्र बैंकको आंकलन छ ।

चालु आर्थिक वर्षको ६ महिना अर्थात् पुस मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपात क्रमशः ४०.६ प्रतिशत, १२०.३ प्रतिशत र ३२.० प्रतिशत छ ।

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  १७:४४
प्रतिक्रिया दिनुहोस्