site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ । आज छापवाल सुन प्रतितोला एक लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत शुक्रबार पनि छापावाल सुन प्रतितोला यही मूल्यमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने पाँच रुपैयाँ घटेर एक हजार ९१० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  ११:३६
प्रतिक्रिया दिनुहोस्