site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्री र शीर्ष नेताले सम्बोधन गर्दै  
फाइल तस्बिर ।

काठमाडौं । संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदै छ । 

आजको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताले सम्बोधन गर्ने तय भएको छ । 

संघीय संसद्का राष्ट्रियसभा र प्रतिनिधिसभाको अधिवेशन आजबाट सुरु हुँदै छ । दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको छ ।

प्रतिपक्षी दलले सरकारले ल्याएको अध्यादेशको बिरोध गर्ने तयारी गरेका छन् । संसद्को अधिवेशन नबोलाएर सरकारले अध्यादेशबाट शासन गर्न खोजेको प्रतिपक्षमा रहेका दलले आरोप लगाउँदै आएका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  ०६:११
प्रतिक्रिया दिनुहोस्