site stats
बाह्रखरी :: Baahrakhari
देश
खोटाङबाट बिरामी बोकर काठमाडौं आउँदै गरेको सुमो दुर्घटना, तीन जनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । खोटाङबाट बिरामी बोकर काठमाडौं आउँदै गरेको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा खोटाङका ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र ४५ वर्षीया तारा गुरुङ छन् ।

खोटाङको दिक्तेलबाट काठमाडौं आउँदै गरेको ना१ज६४२१ नम्बरको सुमो गाडी गए राति दुर्घटनामा परेको ओखलढुंगा प्रहरी प्रमुख कृष्ण खड्काले जानकारी दिए ।

गाडी ओखलढुंगाको हर्कपुरमा दुर्घटनामा परेको ओखलढुंगा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  ११:३३
प्रतिक्रिया दिनुहोस्