site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य १०० रुपैयाँ घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापवाल सुन प्रतितोला एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँ बढेर एक हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी एक हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो । 

प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  ११:२३
प्रतिक्रिया दिनुहोस्