site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
विदेशी मुद्रा, एक अंकको ब्याजदर र तरलताले मात्रै नहुने पुष्टि भयो : चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले अर्थतन्त्र सबल हुन सबै प्यारामिटर मिल्नुपर्ने बताएका छन् । अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रले दिने सुझावमा शंका गरिने गुनासो उनको छ ।

बुधबार नेपाली कांग्रेसले पार्टी कार्यालयमा आयोजना गरेको स्टार्टअप र साना तथा मझौला व्यवसायी सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

सरकारले कोभिड–१९ को महामारीपछिको अवस्थामा अर्थतन्त्र कमजोर बनेको भन्दै विभिन्न वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । उक्त निर्णयको निजी क्षेत्रले विरोध गरेको थियो ।

अहिले सरकारसँग विदेशी मुद्रा सञ्चिती र तरलता पर्याप्त छ । यसै सन्दर्भमा अध्यक्ष ढकालले भने, “विदेशी मुद्राको भण्डारण भएर मात्रै नहुने रैछ,  ब्याजदर सिंगल डिजिटमा आएर मात्र नहुने रैछ, बैंकमा लिक्विडिटी भएर मात्रै नहुने रैछ नि, सबै प्यारामिटर एकसाथ मिलाएर लग्न सक्यो भनेमात्र वातावरण बन्छ ।”

यस्ता सुझाव निजी क्षेत्रले उठान गर्दै आए पनि आफ्नो फाइदाका लागि भन्यो भनेर शंका गरिने गुनासो गरे । सरकारले राजस्व उठाउन नसकिरहेको सन्दर्भको प्रश्नमा ढकालले यस्तो टिप्पणी गरेका हुन् । आउँदा दिनमा यो सुधार हुँदै जाने उनको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  १७:५२
प्रतिक्रिया दिनुहोस्