site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य १४ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य १४ सय बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेर एक हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  १०:५५
प्रतिक्रिया दिनुहोस्