site stats
बाह्रखरी :: Baahrakhari
देश
स्वास्थ्य बिमा रकम पाँच लाख पुर्‍याइने
फाइल तस्बिर ।

भक्तपुर । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एक लाख रुपैयाँको स्वास्थ्य बिमा रकम वृद्धि गरी पाँच लाख पुर्‍याइने बताएका छन् । 

आइतबार यहाँ आयोजित कार्यक्रममा मन्त्री पौडेलले भने, “स्वास्थ्य बिमामा पाँच लाख रुपैयाँको व्यवस्था गर्नेछु, त्यसले बिरामीलाई सहयोग हुनेछ ।” 

उनले एकीकृत र एकद्धार प्रणालीबाट मात्रै बिमा सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।  

बिमा रकम पाँच लाख पुर्‍याउने र यसलाई व्यवस्थित गर्ने लक्ष्य लिएर आफू अगाडि बढिरहेको उनको भनाइ छ । रासस

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  ०५:२६
प्रतिक्रिया दिनुहोस्