site stats
बाह्रखरी :: Baahrakhari
देश
सकियो रवि लामिछानेको बयान, थुनछेक बहस भोलि

काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणको मुद्दामा रूपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने बयान सकिएको छ । बुधबार न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा लामिछानेको बयान भएको हो ।

अब योगीकै इजलासले थुनछेक आदेश गर्नेछ । थुनछेक बहस बिहीबार (भोलि)मात्रै हुने अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए ।

भोलि सुरुमा सरकारी वकिलका तर्फबाट बहस हुनेछ । त्यसपछि जाहेरवाला र लामिछानेका वकिलले बहस गर्नेछन् ।

बहस सकिएपछि इजलासले थुनछेक आदेशमार्फत लामिछानेलाई थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छाड्ने आदेश गर्नेछ ।

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  १६:५६
प्रतिक्रिया दिनुहोस्