site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सुप्रिम सहकारी ठगी प्रकरण : रविको मुद्दा न्यायाधीश योगीको इजलासमा

काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको मुद्दा न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा परेको छ । रूपन्देही जिल्ला सरकारी वकिल कार्यालयले दायर गरेको मुद्दा न्यायाधीश योगीको इजलासमा परेको अदालतका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए ।

सुप्रिम सहकारी ठगी प्रकरणमा रविसहित २२ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ ।

सहकारीपीडित नारायणबहादुर पहारीसहितले दिएको जाहेरीका आधारमा लामिछानेसहितविरुद्ध पूरक मुद्दा दायर भएको हो ।

मंगलबार अदालतले सातदिने सूचना जारी गरेकामा लामिछाने बुधबार नै अदालत हाजिर भइसकेका छन् ।

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  ११:३५
प्रतिक्रिया दिनुहोस्