site stats
बाह्रखरी :: Baahrakhari
देश
पर्सामा स्कुल बसको ठक्करबाट साइकलयात्रीको मृत्यु
प्रतीकात्मक तस्बिर ।

वीरगञ्ज (पर्सा) । स्कुल बसको ठक्करबाट पर्साकाे वीरगञ्जमा आज (मंगलबार) एक साइकलयात्रीको मृत्यु भएको छ । तेजस एकेडेमीको ना५ख १५०४ नम्बरको स्कुल बसको ठक्करबाट बाराको फेटा गाउँपालिका वडा नम्बर ५ का ४५ वर्षका तैयामोदिन मिया अन्सारीको मृत्यु भएको हो । उक्त बसले साइकलयात्री अन्सारीलाई वीरगञ्ज महानगरस्थित बाइपासमा ठक्कर दिएको थियो ।

बसको ठक्करले गम्भीर घाइते भएका अन्सारीको उपचारका लागि नारायणी अस्पतालमा पुर्‍याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले  जनाएको छ । पर्साका ट्राफिक प्रहरी प्रमुख लोकराज भट्टले सवारी दुर्घटनामा संलग्न चालक देवा पासवान र बसलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिए । रासस

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  २०:४४
प्रतिक्रिया दिनुहोस्