site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेपाली वायुसेवामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न इयूका राजदूतसँग मन्त्री पाण्डेको आग्रह

काठमाडौं । युरोपेली आकाशमा नेपाली वायुसेवामाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न नेपाली पक्षले आग्रह गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री बद्री पाण्डेले शुक्रबार युरोपियन युनियन (ईयू)का राजदूत भेरोनिक  लोरेन्जोसहितको प्रतिनिधि मण्डललाई नेपाल एयरलाइन्सको प्रतिबन्ध फुकुवाको लागि आग्रह गरेको हो ।

मन्त्रालयमा भएको भेटमा मन्त्री पाण्डेले नेपाल र युरोपेली युनियनबीच निकै पहिलेदेखि कूटनैतिक सम्बन्ध रहेको स्मरण गर्दै नेपाल र ईयूबीच साझेदारी रहेको बताए ।

“नेपाल र ईयूबीच करिब पाँच दशकअघि कूटनीति सम्बन्ध स्थापना भएदेखि नै घनिष्ट कूटनैतिक सम्बन्ध रहेको छ । ईयू नेपालको प्रमुख विकास साझेदार हो । हामी हाम्रा सामाजिक, आर्थिक विकास प्रयासमा इयूको निरन्तर सहयोग प्रति कृतज्ञ छौँ,” उनले भने, “ईयूको आकाशमा नेपाली एयरलाइन्समाथि लगाइएको प्रतिबन्ध चाँडै फुकुवा गरेर सहयोग गरिदिनुहोस् ।”

राजदूत भेरोनिक लोरेन्जोले ईयूको लगाएको हवाई प्रतिबन्धले नेपाली पर्यटनका क्षेत्रमा परेको असरको बारेमा जानकार रहेको उल्लेख गर्दे नेपालले प्राविधिक रूपमा सक्षम बन्नुपर्नेमा जोड दिए । उनले फ्रान्सको एयरबस कम्पनीले नेपाली नागरिक उड्डयन क्षेत्रमा कुनै पनि प्रकारको सहयोग गर्न तत्पर रहेको समेत बताए । राजदूत लोरेन्जोले नेपालको हवाई दुर्घटनाबारे बनेको उच्चस्तरीय छानबिन समितिबारे समेत उच्च सोचका साथ हेरिरहेको बताए ।

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  २०:४९
प्रतिक्रिया दिनुहोस्