site stats
बाह्रखरी :: Baahrakhari
कला
विवाह बन्धनमा बाँधिइन् मेलिना राई (तस्बिरहरू)

काठमाडौं । गायिका मेलिना राई विवाह बन्धनमा बाँधिएकी छन् । आज काठमाडौंको गोकणेश्वरस्थित हिमालीघर रिसोर्टमा उनीहरूको विवाह भएको हो । 

ध्रुव गुरुङसँग मेलिनाले लगनगाँठो कसेकी हुन् । ध्रुव सांगीतिक क्षेत्रबाहिरका व्यक्ति हुन् । गुरुङको स्थायी घर इलाम हो । उनी ब्रिटिस आर्मीमा कार्यरत छन् ।

विवाह समारोहमा दुई परिवारका आफन्तसँगै नजिकका केही साथीभाइको उपस्थिति थियो । 

3-1737109171.jpg

2-1737109171.jpg

तस्बिर सौजन्य : टौवा इभेन्टस ।

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  १५:५२
प्रतिक्रिया दिनुहोस्