site stats
बाह्रखरी :: Baahrakhari
देश
कार दुर्घटनामा पाटन उच्च अदालतका न्यायाधीश घाइते

सुनसरी । सुनसरीमा मंगलबार सवारी दुर्घटना परेर उच्च अदालत पाटनका न्यायाधीश नारायणप्रसाद रेग्मीसहित दुईजना घाइते भएका छन् । 

जिल्लाको बराहक्षेत्र नगरपालिकास्थित नडाहाको जंगलमा न्यायाधीश रेग्मी चढेको बीएबी ७१४६ नम्बरको कार मंगलबार साँझ दुर्घटनामा परेको हो । 

प्रहरीका अनुसार मदन भण्डारी राजमार्गमा पर्ने बराहक्षेत्र ३ को जंगलमा कार दुर्घटना भएको हो। कारमा ५४ वर्षीय न्यायाधीश रेग्मी र ६५ वर्षीय कृष्ण खनाल सवार थिए । कारमा सवार दुवैजना घाइते भएको र उनीहरूको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। 

कारचालक भक्तपुर घर भएका ५४ वर्षीय कृष्णमान खोटेजा पक्राउ परिसकेका छन् । प्रहरीले उनीसँग आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  २२:०२
प्रतिक्रिया दिनुहोस्