site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य एकैदिन तोलामा १६ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ । सुनको मूल्य तोलामा एक हजार ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ५५ हजार ७०० रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ८६० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ८४५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  १०:५६
प्रतिक्रिया दिनुहोस्